२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवन फोनिजको जलवायु परिवर्तन र सञ्चार सशक्तिकरण तालिमको समापन

प्रकाशित मिति : २०८२ चैत्र २३ गते

भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको आयोजनामा सञ्चालित दुई दिने ‘जलवायु परिवर्तन, वन संरक्षण तथा वातावरणीय न्यायसम्बन्धी सञ्चार सशक्तिकरण’ तालिम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा आयोजित उक्त कार्यक्रम आइतबार समापन गरिएको हो।

तालिममा आदिवासी जनजाति समुदायसँग सम्बन्धित विषयवस्तुलाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकासका साथै वन संरक्षण र जलवायु परिवर्तनका असरबारे सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई सशक्त बनाउने उद्देश्य राखिएको थियो।

- ADVERTISEMENT -

Advertisement

डिभिजन वन कार्यालय चितवनका प्रमुख एवं डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्य र वातावरणविज्ञ डा. टेकबहादुर गुरुङले वन संरक्षणमार्फत आदिवासी जनजाति समुदायको जीविकोपार्जनका सम्भावना तथा जलवायु परिवर्तन न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका थिए।

यस्तै, फोनिज चितवनका संस्थापक अध्यक्ष एवं संरक्षक सन्तकुमार चौधरी र पत्रकार रमेशकुमार पौडेलले आदिवासी जनजाति समुदायका मुद्दालाई सञ्चारमाध्यमसँग कसरी जोड्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए। पत्रकार पौडेलले चितवनका आदिवासी जनजाति समुदायका विविध अनुभव, अवसर र चुनौतीलाई उजागर गर्दै हरेक जातिको कथा बाहिर ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

उनका अनुसार चितवनमा करिब ४० भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेको छ। पहाडी क्षेत्रमा चेपाङ र तराई क्षेत्रमा थारु समुदायको पहिचान बढी देखिए पनि अन्य समुदायका आवाजहरू पनि समान रूपमा उठान हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

बागमती प्रदेशका सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले आदिवासी जनजाति समुदायको विकास र प्रवर्द्धनका लागि राज्यको तर्फबाट थप प्रोत्साहन आवश्यक रहेको बताए। प्रदेशमा यी समुदायको बाक्लो उपस्थिति रहेको उल्लेख गर्दै सबै जातिलाई समान दृष्टिले हेर्ने नीति राज्यले अघि बढाएको उनको भनाइ थियो।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङले आदिवासी जनजाति समुदायबाट आएका सञ्चारकर्मीलाई अझ सक्षम बनाउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे। उनले डिभिजन वन कार्यालयसँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85