काठमाडौं / मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) बिहान ११ बजे विश्वासको मत लिँदै छन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो ।
वैशाख २८ गते जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
- ADVERTISEMENT -

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
मधेस प्रदेश सभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना सदस्य छन्। चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिने छ।
- ADVERTISEMENT -









































