२०८३ जेष्ठ २१, बिहीबार
June 4, 2026
२०८३ जेष्ठ २१, बिहीबार
June 4, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको ‘सिएमसी’ चिकित्सक लाइसेन्स परीक्षामा उत्कृष्ट

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते

चितवन / नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् । यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले सातरआठ पटक परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा दुई पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.62
206.43
Swiss Franc
1
193.75
194.51
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
110.33
110.76
Singapore Dollar
1
119.25
119.72
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.76
23.86
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.17
500.13
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.98
398.54