२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

सिद्धि विनायकले मनायो १९औं स्थापना दिवस

दुव्र्यसनी अन्त्य गर्न सबैको सहयोग अपरिहार्य छ’
प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते
photo : newsprabah

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २ स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले दुव्र्यसनी सचेतना तथा कानुनी साक्षरता कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा १९औं स्थापना दिवसको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम गरिएको हो । अध्यक्ष धितालले कार्यक्रममा संस्थागत विषयवस्तु माथि प्रकाश पार्दै दुव्र्यसनी न्यूनीकरणमा जोड दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी उपरीक्षक पौडेलले समाजबाट दुव्र्यसनी अन्त्य गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा प्रशिक्षकद्वय प्रहरी प्रमुख पौडेलले दुव्र्यसनी सचेतना र सामुदायिक सेवा केन्द्र नारायणगढका अध्यक्ष राजकुमार श्रेष्ठले कानुनी साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि।का संस्थापक अध्यक्ष शालिकराम घिमिरे, रामेश्वर टोल विकास संस्थाका उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, रामेश्वर आमा समूहका अध्यक्ष निर्मला खरेल कडरियाले मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, लेखा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो भने सामुदायिक सेवा केन्द्रका सदस्य सुरज सापकोटाले कार्यक्रम संचालन गरे ।

संस्थाले दुई दिवसिय कार्यक्रम अन्तर्गत यसअघि बिहीबार स्थापना दिवसकै अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै देवघाट समाज कल्याण केन्द्र तनहुँमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03