२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय फुटबलबाट ब्राजिलका नेयमारको सन्यास

प्रकाशित मिति : २०८३ असार २२ गते

काठमाडौं / फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हृदयविदारक हारसँगै ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्। ३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए।

- ADVERTISEMENT -

Advertisement

अन्तिम सिटी बज्नेबित्तिकै उनी केहीबेर निश्चल उभिए। त्यसपछि आँसु रोक्न सकेनन् र उनका टोलीका खेलाडीहरूले उनलाई अँगालो हालेर सान्त्वना दिएका थिए।

विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिए। उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए।

सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमार १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने।

चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो।

यद्यपि उनले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका थिए। त्यसपछि कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58