२०८३ असार २२, सोमबार
July 6, 2026
२०८३ असार २२, सोमबार
July 6, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्व आदिवासी दिवस मनाउने तयारीमा जुटे चितवनका आदिवासी

प्रकाशित मिति : २०८३ असार २२ गते

चितवन / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको बैठकले विश्व आदिवासी जनजाति दिवस २०८३ भव्य तथा सभ्य रूपमा मनाउने, आजीवन सदस्यता अभियान सञ्चालन गर्ने तथा संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

महासंघका जिल्ला अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न बैठकले भरतपुर महानगरपालिका–२३, मा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका एक महिला र चार वर्षीय बालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। बैठकमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो।

- ADVERTISEMENT -

Advertisement

बैठकले आगामी अगष्ट ९ तारिक अर्थात साउन २४ गते मनाइने विश्व आदिवासी जनजाति दिवस २०८३ भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। दिवसको व्यवस्थापनका लागि सागर कुमालको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा सबै जातीय संस्थाका अध्यक्ष, महासंघअन्तर्गतका भातृसंस्थाका अध्यक्ष तथा पालिका अध्यक्षहरू सदस्य रहनेछन्। साउन २४ गते भरतपुर को वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा कार्यक्रम आयोजना गर्ने तयारी छ ।

संगठन विस्तार तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै बैठकले विधानबमोजिम आजीवन सदस्यता अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी महासंघको कार्यालय भवनमा रहेका कोठाहरूको व्यवस्थापन, संरक्षण तथा प्रभावकारी उपयोगका लागि आवश्यक मापदण्ड तयार गरी सम्बन्धित पक्षसँग लिखित सम्झौता ९एग्रिमेन्ट० गरेर कार्यान्वयन गर्ने निर्णय गरिएको छ। साथै बैठक कक्ष, विद्युत् र खानेपानीलगायतका सुविधाको प्रयोगबाट हुने खर्च व्यवस्थापनका विषयमा महासंघका पदाधिकारी तथा जिल्ला अध्यक्षहरूबीच आवश्यक छलफल गरी उपयुक्त व्यवस्था मिलाइने निर्णय गरिएको छ।

महासंघको इतिहास संरक्षण र दस्तावेजीकरणलाई व्यवस्थित बनाउन संस्थाको स्थापना, गतिविधि, उपलब्धि, नेतृत्व तथा ऐतिहासिक घटनाक्रम समेट्ने इतिहास लेखन समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा मिलन थापा मगर तथा सदस्यमा तुलमान गुरुङ र विमला थापा मगर रहेका छन्।

परिषद्का सदस्यहरूको आधिकारिक पहिचान सुनिश्चित गर्न फोटोसहितको परिचयपत्र ९आईडी कार्ड० तयार गरी वितरण गर्ने निर्णय बैठकले गरेको छ। आईडी कार्ड निर्माण तथा वितरणको जिम्मेवारी अध्यक्ष र सचिवलाई प्रदान गरिएको छ।

यस्तै, विभिन्न जातीय संस्थाको सिफारिसमा परिषद् सदस्य बनेका सदस्यहरू तथा आदिवासी जनजाति महिला महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय पनि गरिएको छ।

बैठकले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका परिषद् सदस्यमा रिक्त रहेका दुई पदमा सदस्य मनोनयन गर्ने निर्णय समेत गरेको जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
173.88
174.57
UK Pound Sterling
1
203.01
203.81
Swiss Franc
1
189.26
190.00
Australian Dollar
1
105.52
105.94
Canadian Dollar
1
107.08
107.50
Singapore Dollar
1
117.72
118.18
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.71
41.88
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.35
37.49
South Korean Won
100
9.94
9.98
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.26
23.36
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.80
495.75
Bahrain Dinar
1
403.30
404.89
Omani Rial
1
394.91
396.47