२०८३ असार २४, बुधबार
July 8, 2026
२०८३ असार २४, बुधबार
July 8, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिफा र रेफ्रीले हामीमाथि अन्याय गरे – इजिप्ट प्रशिक्षक हसान

प्रकाशित मिति : २०८३ असार २४ गते

काठमाडौं। अर्जेन्टिनासँग ३–२ को रोमाञ्चक हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसानले फिफा, रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले खेल निष्पक्ष ढंगले सञ्चालन नभएको दाबी गर्दै अर्जेन्टिनालाई फाइदा पुग्ने गरी निर्णय गरिएको आरोप लगाएका छन्। खेलपछिको पत्रकार सम्मेलनमा हसानले रेफ्रीका निर्णयहरूले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पारेको बताए।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार इजिप्टले दुई स्पष्ट पेनाल्टी पाउनुपर्ने अवस्था भए पनि रेफ्री र भीएआरले त्यसलाई बेवास्ता गरे। साथै, इजिप्टले गरेको अर्को गोललाई भीएआरमार्फत रद्द गरिएको निर्णय पनि अन्यायपूर्ण रहेको उनको भनाइ छ।

हसानले प्रतियोगितामा साविक विजेता अर्जेन्टिनालाई अगाडि बढाउने वातावरण बनाइएको जस्तो आफूलाई महसुस भएकोसमेत टिप्पणी गरे। उनले फिफामाथि अप्रत्यक्ष रूपमा अर्जेन्टिनालाई फाइदा पुग्ने गरी प्रतियोगिता सञ्चालन गरिएको आरोप लगाए।

- ADVERTISEMENT -

Advertisement

‘हामीले खेलमा सबैथोक दियौं। तर रेफ्रीका निर्णयहरूले हाम्रो मेहनत खेर गयो। यस्तो निर्णयपछि फुटबलमा न्याय भएको महसुस गर्न सकिँदैन,’ हसानले पत्रकार सम्मेलनमा भने। उनले यस घटनापछि प्रतियोगिताप्रति आफू निकै निराश भएको जनाउँदै बाँकी खेलहरूसमेत नहेर्ने बताएका छन्।

उनका अनुसार फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा निष्पक्षता र ‘फेयर प्ले’ सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ। इजिप्टका केही खेलाडीहरूले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। विशेषगरी भीएआरमार्फत गोल रद्द गरिएको तथा अन्तिम समयमा सम्भावित पेनाल्टीको समीक्षा नगरिएको विषयलाई लिएर उनीहरूले आपत्ति व्यक्त गरेका हुन्।

यद्यपि, होसाम हसानले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन। फिफाले पनि समाचार तयार पार्दासम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। यसैबीच, अर्जेन्टिनाले भने रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा आफ्नो यात्रा कायम राखेको छ।

इजिप्ट भने विवाद र असन्तुष्टिका बिच प्रतियोगिताबाट बाहिरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.66
152.26
European Euro
1
173.28
173.96
UK Pound Sterling
1
202.84
203.64
Swiss Franc
1
187.90
188.64
Australian Dollar
1
105.30
105.71
Canadian Dollar
1
106.68
107.10
Singapore Dollar
1
117.38
117.84
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.39
40.55
Qatari Riyal
1
41.60
41.77
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.29
41.46
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.18
23.27
Hong Kong Dollar
1
19.34
19.41
Kuwaity Dinar
1
493.04
494.99
Bahrain Dinar
1
402.29
403.88
Omani Rial
1
393.93
395.49