२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

प्रकाशित मिति : २०८३ असार २६ गते
sketch

चितवन / राप्ती नगरपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार असार १७ गते राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी झाँझर घर भई हाल राप्ती–७ वीरेन्द्रनगर बस्दै आएका ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत साहलाई बिहीबार चिकित्सकले मृत घोषणा गरे । घटनामा संलग्न कार चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेर बहादुर हायुलाई इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

त्यसैगरी, असार १७ गते नै राप्ती नगरपालिका–८, खुरखुरेस्थित सडकमा बाप्र ०३–००१ ज ४७८ नम्बरको ईभी भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा भारतको बिहार राज्य सीतामढी घर भई हाल चितवनको खैरहनी नगरपालिका–६, पुरानो पर्सामा डेरा गरी बस्दै आएका करिब ३४ वर्षीय मोहम्मद बसु शेख गम्भीर घाइते भएका थिए ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत शेखलाई बिहीबार नै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न ईभी भ्यान चालक राप्ती नगरपालिका–६, प्यारीढाप निवासी ३६ वर्षीय कृत्य बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय भण्डारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45