काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरिएको हो ।
- ADVERTISEMENT -

नवनियुक्त अध्यक्षले आज (सोमबार) सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

















































