२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सञ्चारमाध्यमलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

प्रकाशित मिति : २०८३ असार २७ गते

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

ट्राफिक जरिबानासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर विवाद चुलिएपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो घोषणा गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले ‘आजदेखि कुनै पनि ठूला–साना युट्युबर, सामाजिक सञ्जाल तथा पत्रकारलाई अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक शब्द पनि अन्तर्वार्ता नदिने’ बताएका छन् ।

पुनले केही दिनअघि ट्राफिक जरिबानाका विषयमा आफूलाई जानकारी नभएको बताउँदासमेत युट्युबरहरूले पटक–पटक सोधेको दाबी गरेका छन् । ‘मैले ट्राफिक नियम अटेर गर्नेलाई जरिबाना गर्नुपर्छ भनेको हो । ५० हजार रुपैयाँ जरिबानाको कुरा उनीहरूले नै निकालेका हुन्,’ उनले उल्लेख गरेका छन् ।

यसअघि अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिबाना गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि मन्त्री पुनको व्यापक आलोचना भएको थियो ।

विवाद बढेपछि उनले उक्त अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफीसमेत मागेका छन् । ‘मैले बोलेको कुरा फिर्ता लिन्छु । अचानक त्यसो बोल्दा अज्ञानवश कसैलाई चोट पुगेको भए क्षमा चाहन्छु,’ उनले लेखेका छन् ।

साथै, उनले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूले आफ्नो व्यवहारबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45