२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अदुवा खेतीले बाँदर बिस्थापित हुँदै

प्रकाशित मिति : २०८३ असार ३० गते

पर्वत / पैंयू गाउँपालिकामा पर्वतका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए ।

गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् ।

गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर रु छ लाख आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ ।

मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवा खेतीमा पल्किएका छन् ।

अदुवा खेतीको प्रवर्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो रु एक सय र बजार मूल्यमा प्रतिकिलो रु ५० का दरले अनुदान उपलब्ध गराएको छ । यस वर्ष पालिकाले समूहलाई थप रु तीन लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो । उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ ।

नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिक खेती हुन्छ । जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45