२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बृहत रक्तदान कार्यक्रम गर्दै महाबौद्ध संघ–नेपाल

डेढसय पिन्ट रगत संकलन गर्ने लक्ष्य, नयाँ कार्यालय उद्घाटन गरिने
प्रकाशित मिति : २०८३ असार २६ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. १९, रामपुर बजारमा गुम्बाहरुको छाता संगठन महाबौद्ध संघ–नेपालले बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

चितवनमा देखिएको रगत अभावलाई न्यूनीकरण गर्न तथा ‘मानवताका लागि बौद्ध शिक्षा’ भन्ने मूल नारासहित यही साउन १ गते संक्रान्तिको दिन पारेर उक्त कार्यक्रम हुने संघका अध्यक्ष मेकना तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष तामाङका अनुसार सोही अवसरमा भरतपुर महानगरपालिका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले संघको नयाँ कार्यालयको पनि उद्घाटन गर्नेछ ।

रक्तदान कार्यक्रममा सफल बनाउन ३० भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थालाई औपचारिक रूपमा पत्राचार गरिएको छ भने सम्पूर्ण जिल्लावासीलाई सहभागिताका लागि उनले आग्रह समेत गरेको छ ।

बृहत् रक्तदान कार्यक्रममार्फत करिब १५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ । नेपाल रेडक्रस सोसाइटी, चितवन शाखाको समन्वयमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका कावा उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि, भरतपुर महानगरपालिका–१९ का वडा अध्यक्ष प्रकाश तामाङ विशिष्ट अतिथि लगायतका रहने छन् ।

कार्यक्रमले बौद्ध शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको महाबौद्ध संघ–नेपालले जनाएको छ ।

संघले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ भने बौद्ध दर्शन तथा शिक्षालाई जोड दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45