२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५ कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

प्रकाशित मिति : २०८३ श्रावण २ गते

काठमाडौँ / सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा शनिवार ५ जना कैदीबन्दीहरूले आत्मदाहको प्रयास गरेका छन् ।

कारागारभित्रको चौकीदार चयन प्रक्रियामा ठूलो आर्थिक लेनदेन भएको विषयलाई लिएर उत्पन्न विवादका कारण कैदीबन्दीहरूले आत्मदाहको प्रयास गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि राजविराज नगरपालिका–६ मा रहेको कारागार परिसर अहिले अत्यधिक तनावग्रस्त बनेको छ ।

आन्दोलनरत कैदीबन्दीहरूका अनुसार जेलर रूपक मण्डलले आफूलाई चौकीदार बनाइदिने प्रलोभन देखाएर कारागार प्रशासनको नाममा ५ लाख रुपैयाँ असुल गरेको दाबी गरिएको छ । यद्यपि, उक्त आरोपको आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ ।

कैदीबन्दीहरूले प्रशासनले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै रकम असुल्ने गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले जेलर मण्डलको तत्काल सरुवा र आर्थिक अनियमितताको निष्पक्ष छानबिनको मागसहित केही दिनदेखि विरोध प्रदर्शन गरिरहेका थिए ।

शनिवार आन्दोलन थप उग्र बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी टोली कारागारभित्र प्रवेश गर्न खोजेको थियो । प्रहरी भित्र छिर्न खोज्दा आक्रोशित बनेका पाँच जना कैदीबन्दीहरूले आफ्नो शरीरमा मट्टितेल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए । तर, त्यहाँ उपस्थित सुरक्षाकर्मी र कारागार प्रशासनको तत्कालको सक्रियता तथा तत्परताका कारण कुनै मानवीय क्षति हुन पाएन ।

घटनालगत्तै कारागार क्षेत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ । थप अप्रिय घटना हुन नदिन कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हालका लागि सञ्चारकर्मीहरूलाई समेत कारागारभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकीदार चयनको विषयलाई लिएर कैदीबन्दीहरूमा असन्तुष्टि पैदा भएको पुष्टि गरेका छन् । उनले हाल कारागारभित्रको स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिँदै असन्तुष्ट कैदीबन्दीहरूसँग वार्ता र संवाद भइरहेको बताए ।

प्रजिअ थापाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ । यता कारागार प्रशासनले पनि उत्पन्न समस्याको स्थायी समाधानका लागि आन्तरिक छलफल तीव्र पारेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45