२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भानुभक्त र घाँसीको सालिक तोडफोडप्रति महासंघको गम्भीर ध्यानाकर्षण

दोषीलाई कारबाही गर्न माग
प्रकाशित मिति : २०८३ श्रावण ११ गते

चितवन / लमजुङको मध्यनेपाल नगरपालिका–४, रम्घास्थित भानुघाँसी पार्कमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडामगरको सालिक तोडफोड गरिएको घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।

आइतबार महासंघका अध्यक्ष सागर कुमाल र सचिव मिलन थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै गत साउन ७ गते अज्ञात समूह वा व्यक्तिद्वारा गरिएको उक्त तोडफोडको घोर भर्त्सना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

महासंघले यो घटना केवल दुई व्यक्तिको सालिकमाथिको आक्रमण मात्र नभई नेपालको साझा इतिहास, साहित्य, संस्कृति, राष्ट्रिय सम्पदा तथा सामाजिक सद्भावमाथिकै प्रहार भएको ठहर गरेको छ । नेपाली समाजमा भाषा, साहित्य, श्रम र समानताको सन्देश प्रवाह गर्ने महान् व्यक्तित्वहरूमाथि गरिएको यस्तो अमानवीय र गैरजिम्मेवार कार्य कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी श्रमको सम्मान, आत्मनिर्भरता र सामाजिक प्रेरणाका प्रतीकका रूपमा चिनिने घाँसी खड्कबहादुर ठाडामगरको योगदान तथा आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा(साहित्यमा रहेको अतुलनीय योगदानप्रति गरिएको यस्तो अनादरले सम्पूर्ण नागरिकलाई दुःखी र चिन्तित बनाएको छ ।’

महासंघले नेपाल सरकार, गृह प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही साथै, क्षतिग्रस्त सालिकहरूको यथाशीघ्र पुनःस्थापना गर्न र यस्ता ऐतिहासिक, सांस्कृतिक तथा सार्वजनिक सम्पदाको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।

यसैगरी, सम्पूर्ण नागरिक, सामाजिक संघ–संस्था तथा सरोकारवालाहरूलाई राष्ट्रिय सम्पदा, ऐतिहासिक स्मारक र सांस्कृतिक धरोहरको संरक्षणमा एकजुट हुनका साथै सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुताको वातावरण कायम राख्न महासंघले हार्दिक अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45