२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अपुष्ट तथ्य सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

प्रकाशित मिति : २०८३ श्रावण १९ गते

वीरगञ्ज / जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशनरप्रसारण गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यमात्र सम्प्रेषण गर्न आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट र भ्रामक सामग्री प्रसारण नगर्न ध्यानाकर्षण गराए । यही साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलस्थित एक बालिकालाई बालबालिकाविरुद्ध कसुर भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।

उक्त जाहेरी प्राप्त भएलगत्तै प्रहरी टोली परिचालित भई निखिलसिंह राजपुतलाई नियन्त्रणमा लिएको थियो । राजपुतलाई बालबालिकाविरुद्धको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका स्थापित सिद्धान्त तथा प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको विषयमा अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्नसक्ने प्रहरीको भनाइ छ ।

यस्ता क्रियाकलापबाट सम्बन्धित पक्षको अधिकारमा असर पर्न सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्नसक्ने उल्लेख गर्दै प्रवक्ता मल्लले ती कार्यप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

उनले भने, “प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध छ । अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा जानकारी गराइन्छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45