Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा विविध कार्यक्रमसहित मनाइयो ३२औँ विश्व आदिवासी दिवस

रेम वर्क तथा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिले बढायो आकर्षण, नीतिगत पहल गर्न स्थानीय तहलाई आग्रह
प्रकाशित मिति : २०८३ श्रावण २५ गते

– बबिलाल तामाङ
चितवन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ ।

भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालको हलमा आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कार्यवाहक मेयर अधिकारीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले आदिवासी जनजातिको मौलिक संस्कृति, भाषा र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । संस्थाका गतिविधिमा महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बागमती प्रदेशका काजीमान थिङले आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणसँगै अधिकार प्राप्तिका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए ।

राज्यका सबै तहमा आदिवासी जनजातिको समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले आदिवासी जनजातिको मौलिक संस्कृति र परम्परा नेपालको पहिचानसँग प्रत्यक्ष जोडिएको बताए । उनले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिका मुद्दा, अधिकार, भाषा, संस्कृति र पहिचानका सवाललाई सञ्चारमाध्यममार्फत समाजसम्म पुर्‍याउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले आदिवासी जनजाति समुदायका गतिविधि तथा मुद्दालाई प्राथमिकताका साथ उठाउँदै उनीहरूको आवाजलाई अझ बुलन्द बनाउन नेफिन चितवन एकताबद्ध भएर अघि बढ्ने बताए ।

त्यस्तै, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले आदिवासी जनजातिको संस्कृति र परम्पराको संरक्षणका लागि समुदायस्तरबाटै निरन्तर पहल आवश्यक रहेको बताए ।

उनले सबै जातजातिको मौलिक पहिचानको सम्मान गर्दै विविधतामा एकताको भावना विकास गर्नुपर्नेमा जोड दिए । साथै, आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि स्थानीय तहहरूले नीतिगत रूपमा पहल गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका रेम वक, नृत्य, भेषभूषा तथा मौलिक संस्कृति झल्काउने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनका अध्यक्ष शोभा थापा मगरको संयोजकत्वमा रेम वक र साँस्कृतिक कार्यक्रम भएको हो ।

कार्यक्रममा रेम वर्कमा सहभागी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न जाति तथा समुदायका संघसंस्था तथा अतिथिहरुलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो । यसैबीच नेफिनका संस्थापक अध्यक्ष ओम गौचम र पूर्वअध्यक्ष पदमबहादुर गुरुङलाई कावा मेयर अधिकारी र नेफिनका अध्यक्ष सागर कुमालले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको थियो ।

समाचारका माध्यमबाट संस्थाको गतिविधि तथा आदिवासी जनजातिका सवाललाई समाजसम्म पुर्‍याउन योगदान पु¥याएको भन्दै संस्थागत रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनलाई सम्मान गरिएको थियो ।

नेफिन चितवनका अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन थापा मगरले गरेका थिए भने उपाध्यक्ष बाबुलाल थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमले चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच आपसी एकता, सहकार्य तथा मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सकारात्मक सन्देश दिएको विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.30
174.98
UK Pound Sterling
1
202.78
203.58
Swiss Franc
1
184.68
185.41
Australian Dollar
1
107.47
107.89
Canadian Dollar
1
108.18
108.61
Singapore Dollar
1
119.76
120.23
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98