२०८३ भाद्र ७, आईतवार
August 23, 2026
२०८३ भाद्र ७, आईतवार
August 23, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा अनलाइनबाट पनि प्रयोगशालाको नतिजा हेर्न र प्रिन्ट गर्न मिल्ने

प्रकाशित मिति : २०८३ भाद्र ६ गते

चितवन / भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी अस्पतालमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने प्रमुख मेडिकल सुपरिटेण्डेण्ट बगाले जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक तीन हजार ८०० बिरामी बहिरंग सेवाका लागि आउने गरेको तथ्याङ्क छ । सेवा सुविधामा भइरहेको सुधारसँगै बिरामीको चाप पनि उत्तिकै बढ्दै गएको डा बगालेले बताउनुभयो । ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन् ।

स्वास्थ्य बीमामार्फत् सेवा दिनमा पनि यो अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.83
179.53
UK Pound Sterling
1
208.73
209.55
Swiss Franc
1
191.23
191.98
Australian Dollar
1
109.46
109.89
Canadian Dollar
1
111.17
111.61
Singapore Dollar
1
120.45
120.92
Japanese Yen
10
9.64
9.67
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.68
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
16.15
16.21
Danish Kroner
1
23.92
24.01
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.34
406.93
Omani Rial
1
396.95
398.51