२०८३ श्रावण २०, बुधबार
August 5, 2026
२०८३ श्रावण २०, बुधबार
August 5, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भूमिगत विद्युतीकरणको नयाँ चरणको ११ केभी लाइन सुरु

प्रकाशित मिति : २०८३ श्रावण १९ गते

चितवन / भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएकोे छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटक आज (मंगलबार) बिहानदेखि चार्ज विद्युत् प्रवाह गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिनुभयो ।

विद्युत् लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुनसक्ने भएकाले उपभोक्तालाई विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । उक्त क्षेत्रमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिल्लर बक्स तथा अन्य विद्युतीय उपकरण वा संरचनालाई नछुन र टाढै रहन उहाँले आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल यात्रा वा सवारीसाधन आवतजावत गर्दा उच्च सतर्कता अपनाउन, बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकहाई आयोजनाले अनुरोध गरेको छ ।

प्रमुख सुवेदीले भन्नुभयो, “चार्ज लर्न लागिएको क्षेत्रमा अनुमतिबिना कुनै पनि प्रकारको उत्खनन गर्ने, खाल्डो खन्ने वा तार काट्नेजस्ता कार्यहरू गर्नुहुँदैन ।” भूमिगत तार बिच्छ्याउने काम सकिएसँगै विद्युत् प्रवाहका लागि ‘चार्ज’ गर्न थालिएको हो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.25
152.85
European Euro
1
175.44
176.13
UK Pound Sterling
1
204.77
205.58
Swiss Franc
1
188.25
189.00
Australian Dollar
1
106.64
107.06
Canadian Dollar
1
108.42
108.85
Singapore Dollar
1
118.70
119.17
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.55
22.63
Saudi Arabian Riyal
1
40.54
40.70
Qatari Riyal
1
41.76
41.93
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.17
37.32
South Korean Won
100
10.65
10.70
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.47
23.56
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
494.80
496.75
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.44
397.00