काठमाडौँ / लगातारको वर्षापछि त्रिशूली नदीमा आएको ठूलो बाढीले धादिङ र गोरखा जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।
आइतबार बिहान आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडाएर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
- ADVERTISEMENT -

बाढीका कारण त्रिशूली नदीमै रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत गम्भीर क्षति पुगेको छ।
नदीमा पानीको बहाव अत्यधिक बढेकाले पुल बगाउने र क्षति पुग्ने जोखिम उच्च बनेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभयो।















































