काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको हो।
महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो ।
- ADVERTISEMENT -

त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । यसरी चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

















































