Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रलयलाई देखाएर लगानी नगर्ने धारणा बन्नु हुँदैन – उनेपा अध्यक्ष घिसिङ

प्रकाशित मिति : २०८३ भाद्र २७ गते
file photo.

काठमाडौं / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताए । यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए । सामान्य क्लाउडआउटबस्र्ट, ठूलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन । यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन । हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यवहारिक हुन सक्छन् । तर सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबस्र्टजस्ता जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ ।’

असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यवहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42