चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय (EV) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज (शुक्रबार) बिहान करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो ।
- ADVERTISEMENT -

कारमा आगलागी भएको सूचना प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए ।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । आगलागीका कारण कारसमेत पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा मृतकको पहिचान खुलाउने कार्य भइरहेको छ ।


















































