Opens in a new tab
२०८३ आश्विन १०, शनिबार
September 26, 2026
२०८३ आश्विन १०, शनिबार
September 26, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै बिपी राजमार्गमा पहिरो, सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : २०८३ आश्विन ९ गते
file photo.

काभ्रेपलाञ्चोक / अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज (शुक्रबार) बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक सडकखण्डलाई बन्द गराइएको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।

कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ ।

उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.24
153.84
European Euro
1
174.29
174.97
UK Pound Sterling
1
202.69
203.48
Swiss Franc
1
185.25
185.98
Australian Dollar
1
107.73
108.15
Canadian Dollar
1
108.65
109.07
Singapore Dollar
1
119.73
120.20
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.83
22.92
Saudi Arabian Riyal
1
40.81
40.97
Qatari Riyal
1
42.04
42.21
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.18
11.23
Swedish Kroner
1
15.50
15.56
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.02
499.97
Bahrain Dinar
1
406.52
408.11
Omani Rial
1
398.02
399.58