Opens in a new tab
२०८३ आश्विन १०, शनिबार
September 26, 2026
२०८३ आश्विन १०, शनिबार
September 26, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको चितवन–३ प्रदेश (क)को सभापतिमा किशोर गुरूङको उमेदवारी

प्रकाशित मिति : २०८३ आश्विन ९ गते

भरतपुर / नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको लागि चितवन जिल्ला क्षेत्र नं–३ प्रदेश (क) को सभापति पदमा किशोर गुरूङले उमेदवारी दिएका छन् ।

सुदृढ र समुन्नत कांग्रेसको लागि आफूले उमेदवारी दिएको गुरूङले बताए । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तमू (गुरूङ) संघका अध्यक्षसमेत रहेका उनी नेपाली कांग्रेसको भरतपुर महानगर समितिका संस्थापक सचिव हुन् ।

- ADVERTISEMENT -

Advertisement

राजनैतिक चेतको विकास भएदेखि नै कांग्रेसमा लागेका गुरूङ समाज रूपान्तरणको लागि राजनीति नै सबैभन्दा उत्तम उपाय भएको भन्दै अनुसाशित एवम् समृद्ध समाज निर्माणको लागि पनि राजनीतिमा सक्रिय भएको बताउँछन् ।

चितवनको पुरानो मेडिकल कलेजमा २१ वर्षसम्म सहायक प्रशासकीय अधिकृत भएर काम गरिसकेका गुरूङले विद्यार्थी राजनीतिमा पनि लामो समय सक्रिय भएर काम गरे । पार्टीको विद्यार्थीदेखि तरुण दल हुँदै मूल पार्टीको विभिन्न तहमा बसेरै काम गरिसकेका छन् ।

सहकारी संस्था, जातीय एवम् धार्मिक संघसंस्थाहरुमा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । लामो समयसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई राजनीतिमार्फत समाज रुपान्तरण गर्ने विषयमा प्रयोग गर्ने गरी राजनीतिमा सक्रिय भएको उनको भनाइ छ ।

कांग्रेसले यही असोज १० गते उमेदवारी दर्ता गर्ने र ११ गते निर्वाचनको मिति तोकेको छ । उक्त पदमा सुरज पाठक, प्रकाश अधिकारी र जीवनाथ कँडेल पनि आकाङ्क्षीको रूपमा अगाडि सरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.24
153.84
European Euro
1
174.29
174.97
UK Pound Sterling
1
202.69
203.48
Swiss Franc
1
185.25
185.98
Australian Dollar
1
107.73
108.15
Canadian Dollar
1
108.65
109.07
Singapore Dollar
1
119.73
120.20
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.83
22.92
Saudi Arabian Riyal
1
40.81
40.97
Qatari Riyal
1
42.04
42.21
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.18
11.23
Swedish Kroner
1
15.50
15.56
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.02
499.97
Bahrain Dinar
1
406.52
408.11
Omani Rial
1
398.02
399.58