Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको चितवन–३ प्रदेश (क)को सभापतिमा किशोर गुरूङको उमेदवारी

प्रकाशित मिति : २०८३ आश्विन ९ गते

भरतपुर / नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको लागि चितवन जिल्ला क्षेत्र नं–३ प्रदेश (क) को सभापति पदमा किशोर गुरूङले उमेदवारी दिएका छन् ।

सुदृढ र समुन्नत कांग्रेसको लागि आफूले उमेदवारी दिएको गुरूङले बताए । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तमू (गुरूङ) संघका अध्यक्षसमेत रहेका उनी नेपाली कांग्रेसको भरतपुर महानगर समितिका संस्थापक सचिव हुन् ।

- ADVERTISEMENT -

Advertisement

राजनैतिक चेतको विकास भएदेखि नै कांग्रेसमा लागेका गुरूङ समाज रूपान्तरणको लागि राजनीति नै सबैभन्दा उत्तम उपाय भएको भन्दै अनुसाशित एवम् समृद्ध समाज निर्माणको लागि पनि राजनीतिमा सक्रिय भएको बताउँछन् ।

चितवनको पुरानो मेडिकल कलेजमा २१ वर्षसम्म सहायक प्रशासकीय अधिकृत भएर काम गरिसकेका गुरूङले विद्यार्थी राजनीतिमा पनि लामो समय सक्रिय भएर काम गरे । पार्टीको विद्यार्थीदेखि तरुण दल हुँदै मूल पार्टीको विभिन्न तहमा बसेरै काम गरिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सहकारी संस्था, जातीय एवम् धार्मिक संघसंस्थाहरुमा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । लामो समयसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई राजनीतिमार्फत समाज रुपान्तरण गर्ने विषयमा प्रयोग गर्ने गरी राजनीतिमा सक्रिय भएको उनको भनाइ छ ।

कांग्रेसले यही असोज १० गते उमेदवारी दर्ता गर्ने र ११ गते निर्वाचनको मिति तोकेको छ । उक्त पदमा सुरज पाठक, प्रकाश अधिकारी र जीवनाथ कँडेल पनि आकाङ्क्षीको रूपमा अगाडि सरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42