काठमाडौँ / पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई शनिवार राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ ।
- ADVERTISEMENT -

राणालाई पक्राउ गर्नुको कारण तथा उनीविरुद्ध लगाइएको आरोपबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
राणा २०७५ सालमा नेपालको प्रधानन्यायाधीश नियुक्त भएका थिए र २०७९ सालसम्म उक्त पदमा रहेका थिए ।

















































