Opens in a new tab
२०८३ आश्विन ११, आईतवार
September 27, 2026
२०८३ आश्विन ११, आईतवार
September 27, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभरका ११ राजमार्ग अवरुद्ध – सडक विभाग

प्रकाशित मिति : २०८३ आश्विन १० गते
AI / newsprabah

काठमाडौं / भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आज (शनिबार) एक सूचना जारी गरी जनाएको छ ।

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छन् । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।

सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन् ।

कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ ।

सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सलेरीखण्ड, सोलुखोला नजिकलगायत खण्डमा पनि अवरुद्ध भएका छन् । सो खण्डमा सडक भासिएकाले एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरेर सञ्चालन ल्याउने प्रयास भइरहेको छ ।

मध्यपहाडी राजमार्गको पनि निसी गाउँपालिका–कानाबगरलगायत खण्ड पनि अवरुद्ध भएको छ । सो खण्डमा लेदोसहितको पहिरो आउने क्रम पनि जारी छ ।

त्यसैगरी, कालीगण्डकी करिडोरको पनि जैमिनी नगरपलिका–८ बेलबगर सडक पनि अवरुद्ध छ । सो खण्डमा ठूलो प्रकृतिको पहिरो गएकाले पनि हटाउने कार्य भइरहेको सडक विभागले जनाएको छ । त्यसैगरी, बाग्लुङ–बेनी राजमार्ग खण्डको पनि म्यादी, हुलाकेलगायत खण्ड पनि सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार तमोर कोरिडोरको छरुवाखोला, नावाखोला, रानीगाउँलगायत खण्डमा पनि सडक अवरुद्ध छ । राप्ती राजमार्गको पनि कपुरकोट–खारखोला खण्डको सडक अवरुद्ध छ ।

कर्णाली राजमार्गको गगनेखोला, नाग्म–जुम्लाको राँका क्षेत्र–बाङ्गेसिमल–दहीखोला तथा हारे नजिक खण्ड पनि अवरुद्ध छ । भालुवाङ–चकचके–लिवाङ सडकखण्डको पनि विभिन्न क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
202.64
203.43
Swiss Franc
1
184.46
185.18
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
108.18
108.60
Singapore Dollar
1
119.73
120.20
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.00
42.16
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.29
11.33
Swedish Kroner
1
15.44
15.51
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98