Opens in a new tab
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तिहारको चौथो दिन : गाईपूजा गरेर मनाइँदै

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते

काठमाडौँ / तिहारको चौथो दिन आज (सोमबार) गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ ।

नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ ।

पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताए । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05