Opens in a new tab
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा, औपचारिक समान गरिँदै

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते
AI / newsprabah

काठमाडौं / नेपालीको महान् चाड बडादसैं आज (आइतबार) कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ ।

धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर महालक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुन्छ। ‘को जागेको छ रु’ भन्ने अर्थ दिने कोजाग्रत शब्दबाट यस पूर्णिमाको नामकरण भएको मानिन्छ । यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।

विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि आजै समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिनेछ ।

कोजाग्रत पूर्णिमाका दिन दसैंघरमा रहेका फूलप्रसाद र जमराका अवशेष नजिकका नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ। यससँगै १५ दिन लामो दुर्गा पक्षको समापन हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने तथा घरघरमा तुलसी पूजा गर्ने धार्मिक प्रचलन छ ।

कात्तिक स्नान गर्नेले यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासलगायत दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ ।

कोजाग्रत पूर्णिमालाई बडादसैंको बिदाइ र तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06