काठमाडौं / तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरमा निर्माणाधीन महादेवटार सुरुङमार्गको आज (बुधबार) ब्रेक थ्रु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गर्ने तयारी गरिएको छ । त्यसका लागि राष्ट्रपति पौडेल बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुग्ने कार्यक्रम रहेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ लाई जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् ।
तराई–मधेश द्रुतमार्गमा निर्माणाधीन सातवटा सुरुङमध्ये महादेवटार सुरुङ सडकतर्फको सबैभन्दा लामो सुरुङ हो । यसको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ ।
- ADVERTISEMENT -

















































