March 29, 2024

चितवनमा सवारी दुर्घटना, प्रहरीजवान सहित दुईको मृत्यु

December 7, 2020
File photo

चितवन / राप्ती नगरपालिकाको भण्डारामा सवारी दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको आमभन्ज्याङ घर भई हाल इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी जवान ३३ वर्षीय सुजन न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यौपानेलाई राप्ती ५ को कालिका पेट्रोल पम्प अगाडि ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट ना ३७ प ५५४५ नम्बरको मोटरसाइकलमा सवार न्यौपाने गम्भीर घाइते भएका थिए ।
घाइते न्यौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको दरबन्दी खुर्कोट सिन्धुलीमा रहेको बताइएको छ ।
खैरहनीमा सुमोको ठक्करबाट एकको मृत्यु
त्यस्तै पूर्वी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा खैरहनी–७ का ३५ बर्षीय बिजेन्द्र चौधरी रहेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रहरी निरीक्षक भट्टका अनुसार आइतबार पूर्वबाट पश्चिमतर्फ आइरहेको ग१च ९७२१ नम्बरको सुमोले बिपरित दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना करिब ८ बजे खैरहनी नगरपालिका वडा नम्बर १ बहेराचोकमा उनले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -