२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

नारायणी किनारमा पर्यटकीय पूर्वाधारको कामलाई तिब्रता

प्रकाशित मिति : २०७७ मंसिर २५ गते
Photo : Kalika News.

नारायण अधिकारी
चितवन / नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्रसमेत आह्वान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको गुरुयोजनानुसार काम गर्न मन्त्रालयले बोलपत्रसमेत आह्वान गरेको बताउनुभयो । उहाँका अनुसार पैदल पथ (वाकवे), पार्किङ, बगैँचालगायत काम गर्न बोलपत्र आह्वान गरिएको हो । गत वर्ष नारायणी नदी किनारमा उद्योग वाणिज्य सङ्घ चितवनसँग सहकार्य गरेर रु एक करोड हाराहारीको काम सम्पन्न भएको छ । दाहालले भन्नुभयो, “हाम्रो आग्रहलाई सङ्घीय सरकारले सम्बोधन गरेको छ । अब नारायणी नदी किनार आकर्षक पर्यटकीय केन्द्र बन्नेछ ।”
मन्त्रालयका पर्यटन विभागका इञ्जिनीयर सचीन्द्र यादवका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गतको २।४ किलोमिटर वाकवे, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुईवटा पार्किङ स्थल, बगैँचालगायत निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । बजेट सीमा रु छ करोड ५० लाख रहेको छ । क्रमशः गुरुयोजनानुसार अन्य काम गरिँदै लगिने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय पूर्वाधार नहुँदासमेत आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने यस ठाउँलाई व्यवस्थित गरिएपछि थप पर्यटकीय गतिविधि हुने अपेक्षा महानगरले गरेको छ । बिहानीको हिँडाइदेखि साँझमा टहलिनेसम्मको भीड हुने यहाँ अहिले सोलार बत्ती जडान गरिएको छ । दिउँसो र साँझ खानाका स्टलहरु खाएर नदी किनारमा रमाउनेहरु प्रशस्त भेटिन्छन् ।
यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । नगरपालिकाका इञ्जिनीयर अस्मिता खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भू–भाग १५ बिगाह क्षेत्रमा फैलिएको छ ।
खनालका अनुसार त्यस भू–भागलाई पाँच भागमा विभाजन गरेर संरचनाहरु निर्माण गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको हो । रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मिक प्रवेश क्षेत्र र हरियाली क्षेत्र रहनेछन् ।
महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेलहरु पनि खेल्न सकिनेछ । दाहालले भन्नुभयो, “म प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।” सङ्घीय र प्रदेश सरकार यस क्षेत्रलाई विकास गर्न सकारात्मक भएकाले गुरुयोजनानुसार अन्य काम छिट्टै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उहाँको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने दाहालको भनाइ छ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचनाहरु बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउनेसम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिइएको छ ।
विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेका छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11