March 28, 2024

पोखराका एक पुरुष लागु औषधसहित चितवनमा पक्राउ

December 22, 2020
Photo : Halkaro Samachar.

चितवन / पोखराका एक जना पुरुष लागु औषधसहित चितवनमा पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका वडा नं २७ बस्ने वर्ष ३१ को सुवास गुरुङलाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रतिबन्धित लागु औषध डाईजेपाम ३ सय एम्पुल, व्युप्रिनोर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल सहित उनी पक्राउ परेका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाने क्रममा ग१८प ५९०० नम्बरको मोटरसाइकल दिउँसो करिब ३ बजे भरतपुर–१ रामनगरमा दुर्घटना हुँदा लागू औषधसहित उनी पक्राउ परेको हो ।
दुर्घटनाबाट घाइते भएका गुरुङको झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । गुरुङ उपर लागु औषध मुद्दामा चितवन जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -