२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

घेदुङद्वारा तामाङ पत्रकारहरुको ‘कोरोना बिमा’

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते

काठमाडौं । नेपाल तामाङ घेदुङले तामाङ पत्रकारहरूको ‘कोरोना बिमा’का लागि तामाङ पत्रकार संघलाई आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बिमा गर्न लाग्ने प्रिमियम शुल्कबापतको ४९ हजार २ सय रुपैयाँ तथा १ सय थान केएन–९५ मास्क तामाङ पत्रकार संघलाई हस्तान्तरण गरेको हो । घेदुङकी वरिष्ठ उपाध्यक्ष बेली लामाले पत्रकार संघका अध्यक्ष विष्णु तामाङलाई आइतबार उक्त सहयोग हस्तान्तरण गरिन् ।
तामाङ पत्रकार ८२ जनाका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्कको बिमा गर्न लाग्ने ४९ हजार २ सय रुपैयाँ रकम र मास्क नेपाल तामाङ घेदुङ पुरातात्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङले सहयोग गरेको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । विभागीय प्रमुख घिसिङले यसअघि नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।
‘कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले विशेष सुविधा दिएको छ, तर समाचार संकलनका लागि खटिने पत्रकारले त्यस्तो सुविधा नपाइरहेको कारण घेदुङले संस्थागत रूपमा पहल गरी तामाङ पत्रकारहरूको बिमा गर्न सहयोग गरेका हौं,’ उपाध्यक्ष घिसिङले भने, ‘हाम्रो अनुरोधलाई स्वीकारेर सहयोग गर्नुहुने पुरातात्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङप्रति आभार व्यक्त गर्दछौं ।’ उक्त कार्यमा घेदुङको सूचना तथा सञ्चार विभागले विशेष पहल गरेको थियो । पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका जगत दोङले समन्वयकारी भूमिका खेलेका थिए ।
संघका अध्यक्ष विष्णु तामाङले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा पत्रकारको बिमा गर्न सहयोग गरेकोमा घेदुङको संघीय कार्यसमिति, पुरातात्विक अनुसन्धान विभाग प्रमुख घिसिङ र यस कार्यमा समन्वय गर्ने सूचना तथा सञ्चार विभागप्रति आभार व्यक्त गरे । उनले देशभर क्रियाशील ८२ जनाको युनाइटेड इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको जानकारी दिए । ‘हामी सकेसम्म कसैलाई पनि कोरोना संक्रमित भएर बिमा रकम लिनुपर्ने अवस्था नआओस् भन्ने कामना गर्छौं, यद्यपि संक्रमित भइहालेमा थोरै भए पनि राहत पुग्ने अपेक्षासहित बिमा गरिदिने निर्णय गरेका हौं,’ अध्यक्ष तामाङले भने, ‘यस कार्यमा सहयोग गरेर अभिभावकीय भूमिका निर्वाह गरिदिएकोमा घेदुङ संघीय कार्यसमितिप्रति आभार व्यक्त गर्दछौं ।’
घेदुङका महासचिव बाबु घिसिङले सरकारले लागू गरेको लकडाउनका कारण संस्थागत रूपमा सहयोग कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘हामीले चाहेर पनि सहयोग गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘घेदुङलगायत विभिन्न समुदायको प्रतिनिधिमूलक संघसंस्थाहरूलाई सरकारले कोभिड–१९ नियन्त्रणका लागि काम गर्न अपिल गरेको भए सहज हुने थियो, तर यसतर्फ सरकारको ध्यान पुगेको छैन ।’
अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष एवं घेदुङको विदेश विभाग प्रमुख टासी लामाले कोरोना महामारीका कारण विश्वभरका तामाङ समुदायमा पारेको प्रभाव र परिषद्बाट भइरहेको पहलबारे जानकारी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11