April 19, 2024

देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय

March 4, 2021

काठमाडौं । देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई बिदा दिने निर्णय गरेको हो ।
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन शोक विदा दिने निर्णय भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते निधन भएको थियो । सर्लाहीमा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए ।
२०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भई २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

- ADVERTISEMENT -