March 29, 2024

‘हतियार छोडेर शान्तिपूर्ण वार्तामा आउनु सकारात्मक’ – डा. महत

March 4, 2021

चितवन / हतियार त्यागेर शान्तिपूर्ण वार्तामा आएकालाई सरकारले स्वागत गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बताए । भरतपुर बिमानस्थलमा डा महतले पत्रकारहरुसँग बोल्दै सरकार र विप्लव पार्टीमा भएको सहमति सकारात्मक भएको बताएको हो ।
विप्लव पार्टी शान्ति र मूलधारको बाटोमा आउनु राम्रो भएको तर कांग्रेस कसैको इच्छा अनुसार नहिँड्ने उनको भनाइ थियो । उनले कांग्रेस कसैको बहकावमा आएको छैन भने हुलमुलमा पनि नरहेको स्पष्ट पारे ।
उनले काङ्ग्रेस कसैको पछि नलाग्ने र सरकार बनाउन काङ्ग्रेसको आवश्यकता परेको खण्डमा साथ पनि तयार रहेको जिकिर गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -