April 18, 2024

आगलागीबाट घर जलेर नष्ट

March 18, 2021
Photo : Kalika Dainik

चितवन / चितवनको कालिका–८, चिसापानीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जनशक्ति टोल स्थित पुष्प परियारको घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीय जुनु बल तामाङले जानकारी दिए ।
बिजुलीको लाइन शर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । आज बिहान १० बजे भएको आगलागी स्थानीय, दमकल र प्रहरीको सहयोगमा डेढ घण्टा पछी नियन्त्रणमा आएको हो ।
समयमै दमकल नआई पुग्नाले घर पूर्ण रूपमा क्षति हुनपुगेको भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आई नसकेको चितवन प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -