२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको परिवारसँग पुनर्मिलन

प्रकाशित मिति : २०७७ चैत्र ९ गते

इलाम । बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा रहेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार घर आएका छन्। परिवारसँग झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको पुनर्मिलन भएको छ। यसरी फर्किएलान् भनेर नसोचेका छोरासँग ९२ वर्षको उमेरमा आमा धनमायाले भेट गर्न पाएकी छन्। ‘यो त बूढो पो भएछ लु हेर’, धनमायाले प्रकाशचन्द्र (दुर्गाप्रसादका काकाका छोरा)तिर फर्किंदै भनिन्, ‘यसले खोजेर ल्याउँछु भन्थ्यो, पत्याएकै थिइनँ, ल्यायो है ल्याउन त।’
माया मारिसकेको छोरालाई माई नगरपालिका लुम्बाकस्थित घरमै पाएपछि धनमाया धेरै बोल्न सकिनन्। लाडप्यारले भरिएको स्वरमा उनले भनिन्, ‘पहिले लुरे थियो मोटाएछ, सायद सुन्निएको होला बिचरा।’ उनले छोरालाई मिठाई खुवाएर स्वागत गरिन्। उनले बिहानदेखि छोरो आउने बाटो कुरेकी थिइन्। उनी भन्दै थिइन्, ‘आउँछ भनेर कुर्दै छु।’ चाउरी परेको अनुहारमा आशा र खुसी बोकेर बसेकी धनमायाको छोरोसँग अपराह्न भेट भएको हो। दुर्गाप्रसाद हराएपछि पारिवारिक रूपमा निकै विपद भोगेकी धनमाया भन्दै थिइन्, ‘योभन्दा मेरो खुसी अरू केही छैन।’
दुर्गाप्रसाद शनिबार कोलकातास्थित दमदम जेलबाट रिहा भएका थिए। इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा हुँदा ०३७ सालमा उनी बेपत्ता भएका थिए। भारतकै दार्जिलिङबाट व्यक्ति हत्या अभियोगमा उनलाई पक्राउ गरी जेल हाले पनि कुनै प्रमाणबिना अन्याय गरिएको परिवारका सदस्य बताउँछन्।
उनलाई घर पुर्‍याउने क्रममा परिवारकै सदस्य प्रकाशचन्द्र, प्रदेश सांसद धीरेन्द्र शर्मा, दुर्गाप्रसादको मुक्तिका लागि संघर्षरत विश्वसेवा विस्तार संस्थाका सदस्य इन्द्र बस्नेतसहित सञ्चारकर्मीको उपस्थिति थियो। आफन्त र छरछिमेकी आइतबार दिउँसो दुर्गाप्रसादको घर पुगेका थिए। पहिलो भेटमा दुर्गाप्रसाद भने खासै बोलेनन्। उनले जेलबाट छुट्ने क्रममा आफू निर्दोष रहेको बताएका थिए। काकाकी छोरी मुना शर्माले केही आराम गराएर सहज महसुस भएपछि चिकित्सकको परामर्श लिइने बताइन्।
‘दाइ अहिले जहाँ हुनुहुन्छ त्यो नयाँ घर हो’, उनले भनिन्, ‘उहाँ जन्मनु, हुर्किनुभएको पुरानो ठाउँ (एकतप्पा) पुर्‍याउँदा सहज महसुस गर्नुहोला कि भन्ने आस गरेका छौं।’ बिनाकसुर जेल बस्नुपरेकामा क्षतिपूर्तिका लागि विज्ञको सल्लाह लिएर अघि बढ्ने उनले सुनाइन्। उनका अनुसार दुर्गाप्रसाद खासै प्रतिक्रिया जनाउँदैनन्। एउटा–एउटा शब्द मात्रै बोल्ने गरेको उनले सुनाइन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09