२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

‘गीत संगीतबाटै देशको लागि केही गर्ने संकल्प लिएको छु ।’ – लोकदोहोरी गायिका बालिका

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते

–बबिलाल तामाङ
मानिसको जीवनमा एक हिस्सा मनोरंजन पनि हो । मनोरंजन विना मानिसको जीवन अधुरो हुन्छ । मनोरंजनका लागि मानिसहरु आ–आफ्नै किसिमले इच्छा अनुसार आफूलाई परिचालन गर्नेहरु पनि पाइन्छ । धेरै किसिमका मनोरंजनहरु मध्ये गीत संगीत एक प्रमुख भित्र पर्दछन् । गीत, संगीतमा लागि परेका सेलिब्रेटीहरु सधैँ दर्शक, स्रष्टाका प्रिय भएर परिचित हुन्छन् । खासगरी उनीहरुले जीवनमा अरुका लागि बाँच्ने भूमिका नै निर्वाह गरिरहेका हुन्छन् । जसरी भए पनि उनीहरु आफ्ना दर्शकलाई मनोरंजन दिन सधैँ तत्पर रहिआएका छन् । यस मानेमा पनि उनीहरु सदैव सबैको मन मस्तिष्कमा बस्न सफल हुन्छन् । (भिडियो सहित)यस्तै–यस्तै सेलिब्रेटीका रुपमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी छिन् लोकगायिका बालिका तामाङ । स्थायी बसोबास राक्सिराङ्ग ९, खैराङ्ग, मकवानपुर भएपनि हाल राप्ती ५, भण्डारा, चितवनमा बस्छिन् उनी । गीत संगीत क्षेत्रमा करिब ४ वर्षदेखि लागि परेकी छिन् । उनी आफूलाई स्थापित गराउन धेरै संघर्ष गरेरहेकी छिन् ।
सानैदेखि रेडियोमा गीत सुन्ने, गोठालो, मेलापात, पानी–पँधेरोतिर गुनगुनाउने बानी रहेको लोकदोहोरी गायिका बालिका बताउँछिन् । स्कुले जीवनमा भएका विभिन्न गीत संगीतका कार्यक्रमहरुमा सहभागी हुने गरेको उनको भनाइ छ । आफ्नो बुबा–आमा पनि यस क्षेत्रमा हुनु भएको लगायत मेरा अग्रज कलाकारहरूबाट आफूलाई यस क्षेत्रमा लागि पर्न प्रेरणा मिलेको उनी भन्छिन् ।विभिन्न किसिमका गीतहरु ‘आत्महत्या….’, ‘गोर्खाली वीर….’, ‘अनुसन्धान….’, ‘पागल….’, ‘सीजी घुम्न जाउ….’, ‘अन्तिम मेरो सास….’, ‘रुमाल लैजाउ बैना….’, ‘जादु चलाउँछु….’ लगायत थुप्रैमा स्वर दिइसकेकी लोकगायिका बालिकाले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । म्युजिक भिडियोहरु ‘घृणा’, ‘आत्महत्या’मा काम गरिसकेकी हाल ‘अन्तिम मेरो सास’ छिट्टै नै आउने तयारीमा रहेको उनी भन्छिन् ।
हेटौंडा म्यूजिक क्रियशन प्रा.लि.ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियोको पोष्टर सार्वजनिक गरी सकेको छ । जसमा उनको स्वर तथा अभिनय रहने पनि उनको भनाइ छ । दर्शकहरुको मनोरन्जनलाई मध्यनजर गर्दै क्रियशन प्रा.लि.ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियो निर्माण सुरु गरेको लोक दोहोरी गायिका बालिका बताउँछिन् ।
यस क्षेत्रमा धेरैजसो कलाकार पारिश्रमिक नपाएर आफूलाई टिकाउन नसकेको उनको गुनासो छ । यस क्षेत्रमा राम्रा राम्रा प्रतिभा भएकाहरु पनि पारिश्रमिक नपाएकै कारण विस्थापित भएका छन् । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी भएको उनी बताउँछिन् ।
हामी जस्ता उदीयमान कलाकारहरुलाई राज्यले बेवास्ता गरेको र भविष्यमा पनि यही क्रम जारी रहे प्रतिभावान कलाकारहरु लोप हुँदै जाने उनले जिकिर गरिन् । नवप्रतिभाहरुलाई राज्यबाट हेरिनु पर्ने व्यवस्थाको माग गर्दै राज्यको ध्यानाकर्षण समेत गराउन उनी चाहन्छिन् ।
‘मैले जीवन नै गीत संगीतमा समर्पित गरेसकेकी छु ।’ उनी भन्छिन् – ‘यसै क्षेत्रबाट आफूलाई र देशको लागि केही गर्ने संकल्प लिएको छु ।’ ‘दर्शकहरुको माया र साथ पाए भने पक्कै पनि एक दिन सफलता पाउने छु ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20