२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

नेपालमा ५३३५ संक्रमित, थप दुईसहित १८ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते

काठमाडौँ । नेपालमा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा थप २७३ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । थप २६ जनासहित हालसम्म ९ सय १३ जना निको भएर घर फर्किएका छन् । शनिबारसम्म संक्रमित पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको डा गौतमले बताए । थप २ सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
डा. गौतमले ज्यान गुमाउनेमा बारा निजगढ ६ का ५ बर्षीय बालक र पर्सा वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुष रहेको बताए । ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । उच्च ज्वरोका कारण वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको थियो ।
वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको पुरुषको भने २८ गते मृत्यु भएको थियो । जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा लगिएको थियो । वीरगञ्जस्थित प्रयोगशालाबाट शनिबार बिहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना पोजेटिभ देखिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57