March 29, 2024

प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र चौतारी सहमत

April 1, 2021

चितवन / आसन्न नेपाल पत्रकार महासंघ, चितवनको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)बीच संयुक्त प्यानल बनाएर होमिने निर्णय भएको छ ।
आज भरतपुरमा युनियन, संगठन र चौतारी (माधव नेपाल समूह)बीच सहकार्य गर्ने निर्णय भएको हो । केन्द्रीय निती तथा निर्देशन अनुसार चितवनमा नेपाल प्रेस युनियनको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिन लागिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा निरन्तर प्रेस स्वतन्त्रता र पत्रकारका हकहितका पक्षमा लागि रहेका उम्मेद्वारहरुलाई जिताउन आह्वान समेत गरिएको छ ।
विज्ञप्तीमा युनियनका तर्फबाट अध्यक्ष अनिल ढकाल, प्रेस संगठनको तर्फबाट अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)को तर्फबाट संयोजक टिकादत्त तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । महासंघको निर्वाचन यही चैत २५ गते बुधबार हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -