March 28, 2024

स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस

April 15, 2021

चितवन / स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले बिहीबार जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध गरेको छ ।
अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको अपिल छ । –नारायणी अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -