आकृश फार्मेसी पसल शिल

0
71
Photo : Tukhabar

मकवानपुर / हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको आकृश फार्मेसी पसलमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्वास्थ्य सेवा विभाग, उद्योग वाणिज्य संघसहितको संयुक्त अनुगमन टोलीले दर्ता नगरी संचालन गरेको र फार्मेसीष्ट नराखि औषधि विक्री वितरण गरेको भन्दै उक्त औषधि पसलमा शिल गरिएको हो ।
सहायक सिडियो चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको उक्त अनुगमन टोलीले हेटौडा बजारका अन्य ८ वटा पसलहरुमा समेत अनुगमन गरेको जनाइएको छ ।
अनुगमनका क्रममा ती पसलहरुमा फेला परेका म्याद गुज्रिएको पेय पदार्थ पनि नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।