२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

देवघाटमा जनजातिको संस्कृतिलाई लक्षित गरी भवन शिलान्यास

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते

चितवन / तनहुँको देवघाटमा जनजाति समुदायलाई लक्षित गरेर करिब १५ लाख बराबरको भवन शिलान्यास गरिएको छ । देवघाट गाउँपालिका–५ स्थित रातामाटे सुन्दरवस्ती नमुना गाउँमा उक्त भवनको आइतबार देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापामगरद्वारा शिलान्यास गरिएको हो ।
अध्यक्ष थापामगरले ‘हाम्रो सँस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारासहित देवघाटमा जनजाति समुदायको संस्कृति, रितिरिवाज झल्किने भवनको निर्माण सुरु भएको बताए । पछिल्लो समय जनजाति समुदायको धर्म, सस्ंकृति, भेषभुषा, भाषा र मौलिकता लोप हँुदै गएकोले सो को संरक्षण गर्नु नै मुख्य उद्देश्य भएको उनको भनाइ थियो ।
उक्त भवन देवघाट गाउँपालिकाको सहयोग र रातामाटे सुन्दरवस्ती नमुना गाउँको पहलमा निर्माण सुरु गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाले न्यूजप्रवाह डटकमलाई जानकारी दिए । भवनको लागि स्थानीयबाट श्रमदान हुनेछ भने करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुने उनले बताए ।
जनजाति समुदायबाट हस्तकला मार्फत् निर्मित विभिन्न सामाग्रीहरू हलो, डालो, चकटी, सोलि, मादल, खैजडिलगायत सम्पूर्ण जनजातिहरुको रितिरिवात र संस्कृति झल्किने किसिमको सामग्रीहरू सो भवनमा राखिने उनले भने ।
सो भवनको बीचमा आगो बाल्ने अगेना र अगेनाको उत्तर र दक्षिणतर्फ महिला पुरुष बस्ने अलग अलग स्थान रहने र पश्चिमतर्फ भने नाचगान गर्ने स्थान रहने बताइएको छ । सो भवनमा संस्कृति अनुसार दोहोरी, कौराह, झ्याउरे, सालैजो, कृष्ण चरीत्र, घाटु जस्ता कलाहरु प्रस्तुत हुने उनले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यलयका इन्चार्ज सुशील लामिछाने, राष्ट्रिय लोकदोहरी कलाकार बालबिक्रम थापामगर, रातामाटे युवा क्लबका उपाध्यक्ष बिसाल मगर, रातामाटे युवा क्लबका बिष्णु थापामगर लगायतको उपस्थिति रहेको थियो भने रातामाटे सुन्दरवस्ती नमुनाका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51