रौतहटमा लाखौको संख्यामा सलह किराको प्रबेश, किसानहरु चिन्तित

0
30

रौतहट । रौतहटमा लाखौंको संख्यामा सलह किरा प्रवेश गरेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सिमा मकवानपुरको बकैया—१ महादेव डाँडाहँुदै चन्द्रपुर—३ अन्र्तगत भोलुम्टार, इपिल, अरुणबन्ती लमाह हँुदै गुजरा—२ कटानी बजारमा समेत शनिबार बिहानै आकाशमा सो किराका समुह रौतहटमा प्रवेश गरेको स्थानीयले बताएका छन् ।
शनिबार बिहानै बकैया—१ को महादेवमा लाखौको संख्यामा अकाशमा उत्तरी क्षेत्रबाट प्रवेश गरेको र हजारौँको संख्यामा सो किरा मकै बालीमा बसेकोले मकै सखाप पार्न सक्ने स्थानीय आशिष तामाङले चिन्ता व्यक्त गरेका छन् । पहिला त आकाशमा हुलमा बाक्लै उडेको देखेको तर हजारौंको संख्यामा मकैमा बसेपछि हेर्दा सलह किरा देखेपछि आफूहरुले लगाएको मकैमा सखाप पार्ने त्रास बढेको महादेवका कान्छी माया तामाङले बताइन ।
स्थानीय राजेश रुम्वाका अनुसार सलह किरा बाराको निजगढ–७ मा पनि बाक्लै देखिएको बताए । त्यसैगरी रौतहटको गुजरा—२ कटानी बजार क्षेत्रमा पनि सलह किरा देखिएको गुजराका स्थानीय राजु बल तामाङले बताए ।
सलह किरा के हो ?
सलह फट्याङ्ग्राको एक प्रजाति हो । यो एक किसिमको फौजी किरा हो । यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ । वयस्क सलह लामो दुरी उड्न सक्छन र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोटबिरुवालाई सखाप बनाउछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।
प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरा सम्बन्धि कुराहरु उल्लेख गरेका छन । मुख्यत कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन । पहिले पहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो ।
सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रु जीव हो । अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई Australian Plague Locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American Locust भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह (Schistocera gregaria) लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला (Arabian peninsula) मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरि अफ्रिका पुगेको मानिन्छ । २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ । २०२० को फ्रेबरुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो । २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो ।
नियन्त्रणको उपाय –
सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरु भइरहेका छन । तीमध्ये केही उपायहरु यसप्रकार छन । विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा (ULv\ form) अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
१. कम दूरी उड्न सक्ने उपकरणबाट वायुमण्डलीय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
२. किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
३. टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
४. अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोग गर्न सकिन्छ ।
५. भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल भन्ने बिषादिको प्रयोग सबभन्दा सफल देखिन्छ ।
–सहयात्री खबरबाट ।