२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

बागमती प्रदेश सभाको बैठक स्थगित

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते

मकवानपुर / बागमती प्रदेश सभाको आठौँ अर्थात् बजेट अधिवेशन बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
हिजो बसेको दोस्रो बैठकमा उपसभामुख राधिका तामाङले बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७८–७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएसँगै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्नुभएको थियो । उहाँले आउँदो बजेट कोभिड केन्द्रित, स्वास्थ्य, शिक्षा, रोजगार र विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा १४ जना सांसदहरुले भाग आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस अघि अजै बसेको पहिलो बैठकमा दलका नेताहरू मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जमरकट्टेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया, नेमकिपा नेता सुरेन्द्र राज गोसाई र राप्रपाकी रीना गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोग र प्रदेश मुख्यन्यायाधिवक्ता कार्यालयको २०७६–०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुका साथै प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैयाँ सहयोग रकम लिने निर्णय भएको जानकारी दिनुभएको थियो ।
प्रदेश सार्वजनिक लेखा समितिको ०७६–७७ को वार्षिक प्रतिवेदन समितिका सभापति न्यूक्षेनायराण श्रेष्ठले सभामा पेस गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37