२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्रपामा फुट्ने संकत, थापा ‘एक्लै हिंड्ने

प्रकाशित मिति : २०७८ असार ५ गते

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फुटको संकेत देखिएको छ । राप्रपा अध्यक्ष कमल थापा स्वयंले त्यसको संकेत गरेका छन् ।
थापाले परिआए एक्लै हिंड्ने तर सम्झौता नगर्ने समेत बताएका छन् । उनले यसअघि पनि राप्रपामा भाइरस प्रवृत्ति भएको उल्लेख गर्दै ट्वीटरमा लेखेका छन्ः ‘नो कम्प्रोमाइज विथ भाइरसेस ।’
उनले बन्दना राणाको ‘नकारात्मक मान्छेहरुसँग दूरी राख्नु कमजोरी होइन बुद्धिमानी हो’ भन्ने शुक्रबारको ट्वीटर राख्दै ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिंड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ’ भनी लेखेका छन् ।
उनले लेखेका छन्ः ‘विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती गरेर सच्याउने समय छैन । त्यसैले, अब मेरो पछि कति छन् भनेर हेर्दिन । बरु एक्लै हिंड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु । नो कम्प्रोपाइज विथ भाइरसेस ।’
राप्रपाले हिजो केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समिति गठन गरेपछि व्यापक असन्तुष्टि भइरहँदा थापाको पछिल्लो भनाई सार्वजनिक भएको हो । अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसहित २५ सदस्यीय केन्द्रीय विशेष समिति गठन गरिएको छ । जसमा अधिकांश थापानिकटस्थहरु छन् । यसप्रति राणा र लोहनी असन्तुष्ट भएका छन् ।
केन्द्रीय विशेष समितिमा बुद्धिमान तामाङलाई वरियतामा निकै तल राखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा पनि अटाएनन् । राणाले यसप्रति तिव्र असन्तुष्टि जनाइसकेका छन् । उनी राप्रपाको नेतृत्वको दाबेदारका रुपमा देखिएका छन् ।
नेतृत्वको दाबी गरेपछि धवल शमशेरलाई राप्रपामा रोक्न खोजियो
राप्रपाभित्र अहिले चारवटा धार देखिएको छ । अध्यक्ष थापा, राणा र लोहनीका अलावा अर्को धार धबल शमशेर राणाको पनि थपिएको छ । थापा राजसंस्थासहित हिन्दु राष्ट्रको पक्षमा छन् । राणा राजसंस्थाप्रति नरम छैनन् । लोहनी पनि हिन्दुराष्ट्रको पक्षमा रहेपनि राजसंस्थाप्रति कमल थापा जस्तो कडा रुपमा प्रस्तुत भएका छैनन् ।
धबल शमशेर नयाँ धारका साथ उठेका छन् । उनले नयाँ पीढीमाझ पकड बलियो बनाएर राप्रपालाई बलियो शक्ति बनाउने उद्घोषका साथ नेतृत्वको दाबी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72