काठमाण्डौं / तामाङ पत्रकार संघले काठमाडौं उपत्यकामा रहेका तामाङ पत्रकारहरूलाई स्वास्थ्य तथा खाद्यसामग्री वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित पत्रकारहरूलाई राहतस्वरूप आज ती सामग्री वितरण गरिएको संघले जनाएको छ।
संघका अनुसार लकडाउनबाट प्रभावित ३६ जना पत्रकारलाई चामल, दाल, तेल, नुन, चाउचाउलगायत खाद्यसामग्री र केएन ९५ मास्क, ह्यान्ड स्यानीटाइजर, फेस शिल्डलगायत स्वास्थ्यसामग्री प्रदान गरिएको हो।
यसअघि संघले तामाङ पत्रकारहरूलाई लकडाउनले पारेको प्रभावबारे अध्ययन गरेको थियो। सोही अध्ययनका आधारमा राहत आवश्यक पर्ने पत्रकारहरू पहिचान गरी वितरण गरिएको संघका महासचिव तथा राहत समन्वय समितिका संयोजक बुद्ध योन्जनले जानकारी दिए।
उक्त कार्यमा संघलाई अमेरिका निवासी तामाङ समुदायका चारजना र काठमाडौंस्थित दुईवटा संस्थाले सहयोग गरेका थिए।
अमेरिकाको न्युयोर्कस्थित एभरेस्ट टाइम्स पत्रिकाका सम्पादक, समाजसेवी तथा तामाङ पत्रकार संघका सल्लाहकार ङिमा पाख्रिनको पहलमा ५ सय अमेरिकी डलर (६० हजार रूपैयाँ) सहयोग प्राप्त भएको थियो। सम्पादक पाख्रिनसँगै समाजसेवी तथा तामाङ साँस्कृतिक तथा बौद्ध केन्द्र (ट्रस्ट) का संयोजक इन्द्र तामाङ, डल्लास टेक्सासका सूर्य मोक्तान र नेपाल बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले सहयोग गरेका हुन्। कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिने तामाङ पत्रकारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गरिएको उनीहरूले बताएका छन्।
यसैगरी बौद्ध तामाङ कल्याण गुठीले १० बोरा (२५ केजीको) चामल र २५ केजी दाल उपलब्ध गराएको थियो। उक्त सामग्री गुठीका पदाधिकारीहरूले बागबजारस्थित संघको कार्यालयमै ल्याएर हस्तान्तरण गरेका थिए। गुठीले लकडाउनको अवधिमा सयौं प्रभावित व्यक्ति तथा संस्थाहरूलाई सहयोग गरेको जानकारी दिएको छ। यही क्रममा संघको आग्रहअनुसार तामाङ पत्रकारहरूका लागि खाद्यसामग्री उपलब्ध गराइएको जनाएको छ।
यसैगरी, कान्छीमाया तामाङ–गोरे लामा फाउन्डेसनले तामाङ पत्रकारहरूका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। फाउन्डेसनले कूल १५ हजार रूपैयाँ बराबरको केएन ९५ मास्क, ह्यान्ड स्यानिटाइजर तथा फेस शिल्डलगायत सामग्री उपलब्ध गराएको हो। फाउन्डेसनकी सल्लाहकार सानुमाया लामाले तामाङ पत्रकार संघलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्। उनले महामारीका बेला जोखिम मोलेर काम गरिरहेका पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
संघका अध्यक्ष विष्णु तामाङले सहयोगी संस्था तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेका छन्। लकडाउन अवधिमा रोजगारी गुमेका, नियमित तलब नपाएका, तलब कटौती भएका तथा अन्य समस्यामा परेका पत्रकारहरू पहिचान गरी सहयोग गरिएको उनले बताए।
यसअघि संघले देशभर क्रियाशील १०५ जना तामाङ पत्रकारको प्रतिव्यक्ति १ लाख रूपैयाँ बिमांकको ‘कोरोना बिमा’ गरेको थियो। बिमा गरिएकामध्ये ८२ जनाको नेपाल तामाङ घेदुङको सहयोगमा र बाँकी २३ जनाको संस्था आफैंले बिमा गरिदिएको संघले जानकारी दिएको छ।
- ADVERTISEMENT -

तामाङ पत्रकारलाई खाद्य तथा स्वास्थ्य सामग्री वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













