April 19, 2024

इटाली फाइनलमा, स्पेन बाहिरियो

July 7, 2021
उत्कृष्ट खेलाडी बनेका इटालीका चिसा (बायाँ) ।

काठमाडौं / युरोकप २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । लण्डनस्थित वेम्वली मैदानमा भएको पहिलो सेमिफाइनल खेल पेनाल्टी शुट आउटमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा १–१ गोल गोल भएको थियो भने अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी शुटमा निर्णय लिइएको थियो । निकै रोमाञ्चक खेलको पहिलो हाफमा इटाली र स्पेनले कुनै गोल गर्न सकेन ।
खेलको दोस्रो हाफमा ५९औं मिनेट गोल गरेका जर्सी नं. १४ का चिसाले इटालीलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा जर्सी नं. ७ स्पेनका मोरोटाले जवाफी एक गोल गरी बराबरी बनाएका थिए । प्रतियोगिताको सुरुमा इटाली चम्किए पनि अन्त्यसम्म स्पेनकै दबादबा रहेको थियो । अन्ततः इटालीले नै बाजी मारेको छ । खेलको उत्कृष्ट खेलाडी इटालीका जर्सी नं. १४ का चिसा भएका छन् ।
यस्तै स्पेनका जर्सी नं. ५ का सर्जिओ र इटालीका जर्सी नं. २५ का राफल, जर्सी नं. १९ का बुनुचीले पहेंलो कार्ड बेहोरेका थिए । पाँच पटकको युरोकप विजेता इटाली यसपाली पनि विजयी हुने पक्कापक्की जस्तै भएको खेलप्रेमीहरुको आंकलन रहेको छ ।

- ADVERTISEMENT -