चितवन / चितवनमा दिनानुदिन कोरोना संक्रमित बढ्दो छ । संक्रमणमुक्त हुनेभन्दा संक्रमित दोब्बर बढी हुँदै गएको पाइएको छ । भरतपुर अस्पतालमा अहिले कोरोना संक्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको संख्या पनि बढेको हो । संघीय अस्पताल भरतपुरमा कोरोना संक्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् ।
अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ । तीमध्ये अहिले १०४ शय्या संक्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ संक्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए । पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् । अस्पतालमा २५ शय्या क्षमताको सघन उपचारकक्ष छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा संक्रमित बढ्दै गएको बताए । उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, ‘अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या भरिएको छ । अरु संक्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।’ अस्पतालमा रहेका शय्या संक्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल शुरु भएको उनको भनाइ छ ।
संक्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुप¥यो ।’ संक्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए । अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।
ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेशनमा, आठ सार्वजनिक आइसोलेशनमा र १२२ जना अस्पतालमा उपचाररत छन् ।
- ADVERTISEMENT -

चितवनमा कोरोना बढ्दै, संक्रमितले भरियो भरतपुर अस्पताल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













