March 28, 2024

बंगलादेशमा जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु

August 5, 2021

एजेन्सी / बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।
तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।
सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो ।
विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -